मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा ९८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सबैभन्दा बढी कपिलवस्तु क्षेत्र नम्बर ३ मा ३६ जनाले उम्मेदवारी दिएका छन् । यहाँ एक लाख १८ हजार ४०४ मतदाता रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, एक लाख ४७ हजार ६५९ मतदाता रहेको क्षेत्र नम्बर १ मा ३४ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं २ मा पनि २८ जनाको उम्मेदवारी दर्ता भएको छ । यहाँ एक लाख ३० हजार २०२ मतदाता छन् । एक लाख १८ हजार ४०४ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरि, कपिलवस्तुमा प्रतिनिधी सभा सदस्यको उम्मेद्वारका लागि परेका ९८ जना सदस्यहरुमा महिला प्रतिनिधित्व शून्य प्रायः रहेको छ । क्षेत्र नम्बर १ मा ३४ जनाको उम्मेद्वारी पर्दा मात्र दुईजना महिला सदस्यहरुले उम्मेद्वारी दिनुभएको छ । जसअन्र्तगत, राष्ट्रिय जनमुक्ती पार्टीको तर्फबाट नुमा बिक र स्वतन्त्र उम्मेद्वार कैसर जहाँ भन्ने सकिना मुस्लिमको उम्मेद्वारी परेको छ । यता, क्षेत्र नम्बर २ मा २८ जनाको उम्मेद्वारी दर्ता हुँदा मात्र दई जना महिला प्रतिनिधीत्व सामेल भएको छ । जस्मा, राष्ट्रिय मुक्ती पार्टी नेपालका जामवन्ती भुज, राष्ट्रिय जनमोर्चाका लक्ष्मी कुमारी भण्डारीको उम्मेद्वारी परेको छ । क्षेत्र नम्बर ३ मा भने महिला प्रतिनिधित्व शुन्य देखिएको छ । जहाँ ३६ जना नै पुरुषको आधिपत्य जमेको देखिएको छ ।







प्रतिक्रिया