बाबुराम रायमाझी,भलवाड ।
वाणगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वाणगंगा नगरपालिका–९ स्थित भलवाड स्वास्थ्य चौकीमा ३० वर्ष माथिका महिलाहरूका लागि एकदिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर ९सर्भाइकल क्यान्सर० सम्बन्धी जाँच गरिएको थियो ।
शिविरमा पिपरा अस्पतालका चिकित्सक डा। जागृती खनालको नेतृत्वमा आएको स्वास्थ्य टोलीले कुल ११९ जना महिलाको स्वास्थ्य परीक्षण गरेको थियो । परीक्षणका क्रममा ८ जनामा क्यान्सरको आशंका ९पोजेटिभ० देखिएकोले थप उपचार तथा परामर्शका लागि पिपरा अस्पतालमा रिफर गरिएको स्वास्थ्य शाखाले जनाएको छ । यस्तै, ४७ जना महिलालाई भेजाइनल डिस्चार्ज सिन्ड्रोमको उपचार प्रदान गरिएको थियो ।
महिलाहरूको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविरमा भलवाड स्वास्थ्य चौकीका कर्मचारीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहेको थियो । शिविर सञ्चालनका क्रममा महिलाहरूले स्वास्थ्य परीक्षणसँगै पाठेघरको मुखको क्यान्सरका लक्षण, रोकथाम र समयमै जाँचको महत्त्वबारे जानकारीसमेत प्राप्त गरेका थिए ।
कार्यक्रम भलवाड स्वास्थ्य चौकीका प्रमुख जित विकास रायमाझीको सहजीकरणमा सम्पन्न भएको थियो । स्थानीय तहमा यस्ता स्वास्थ्य शिविरले महिलाहरूको स्वास्थ्य जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।







प्रतिक्रिया