वाणगंगा ।
नेकपा (एमाले) कपिलवस्तु क्षेत्र न. १ का उम्मेदवार विश्राम प्रसाद थारुले मतदातालाई आफना एजेन्डाबारे जानकारी गराउदै घरदैलो भेटघाटलाई तिव्रता दिएका छन् । बाणगङ्गा नगरपालिका अन्तरगत वडा न. १ देखि ११ सम्मका सवै वडाहरुमा निर्वाचन लक्षित वडा कमिटिको विस्तारित बैठक मार्फत चुनावी प्रचार प्रसार अघि बढाइएको हाे ।
वैठकमा निर्वाचन परिचालन कमिटी क्षेत्र न. १ का संयोजक डम्बर शर्माले देश निर्वाचनमय अवस्थामा रहेको उल्लेख गर्दै एमालेका उमेदवारलाई बिजयी गराउन सबै नेता तथा कार्यकर्ता लाग्नु पर्ने बताउनु भयो । जेन्जी पुस्ताको भावना नेकपा एमालेको पनि भावना भएको स्पष्ट पार्नुभयो । संयोजक शर्माले नेतृत्वको कार्यशैलीमा कमी कमजोरी भए कार्यकर्तामाझ गएर माफी माग्न पनि नेतृत्व तयार हुनुपर्ने उल्लेख गर्दै नेतृत्वप्रति कुनै आशंका नराखी एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।
बैठकमा एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले पार्टीभित्र गलत सूचना सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने प्रयास भइरहेको बताउनुभयो। राष्ट्रियताको सवालमा नेकपा एमाले सधैँ अब्बल पार्टी रहेको उल्लेख गर्दै उहाँले अहिले अग्रगमन र पश्चगमनबीचको लडाइँ चलिरहेको धारणा राख्नुभयो। “नेपाल रहे मात्रै नेपाली रहन्छौँ,” भन्दै उहाँले एमालेका उम्मेदवारलाई जिताउन सबैलाई आग्रह गर्नुभयो।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्राम प्रसाद चौधरीले आगामी निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउन सबै कार्यकर्ता गाउँ–टोल केन्द्रित भएर लाग्नुपर्ने बताउनुभयो। उहाँले अब देश र जनजीविकाका सवालमा एमाले सधैँ सचेत रहेको भन्दै युवा पुस्तालाई आ–आफ्नो टोल र समुदायबाट उत्प्रेरित गर्न आवश्यक रहेको धारणा राख्नुभयो। आसन्न निर्वाचनमा घरायसी कामलाई व्यवस्थापन गर्दै पार्टीको पक्षमा जनमत जुटाउन सबैलाई सक्रिय हुन उम्मेदवार चाैधरीले आग्रह गर्नुभयो ।

वैठक तथा घरदैलोको क्रममा मतदाताले उम्मेद्वार चौधरीसंग स्थानीय स्तरमा गर्नुपर्ने विकासका कामहरु र नीति निर्माणका कामहरुको बारेमा जानकारी गराएका थिए । उम्मेद्वार चौधरीले यस क्षेत्रका जनताको आधारभुत आवश्यकता सहज रुपमा परिपुर्तिका लागि सदनमा लैजाने उद्देश्यले आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो ।







प्रतिक्रिया