६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

बदलिएको कांग्रेसले देश बदल्छ: डा. भण्डारी



गुल्मी ।

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले मुलुकमा सकारात्मक परिवर्तन ल्याउन कांग्रेसको नेतृत्व सरकार आवश्यक रहेको बताउनुभएको छ। तम्घासमा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता भण्डारीले बदलिएको कांग्रेसले मात्र देश बदल्न सक्ने धारणा राख्नुभयो।

आम नेपाली जनताको समस्याहरूको समाधान नेपाली कांग्रेसले मात्र गर्न सक्ने भन्दै उहाँले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको बताउनुभयो। नेता भण्डारीका अनुसार हरेक युवाको मनोभावना अनुरूप कांग्रेस पार्टी अहिले रुपान्तरित भएको छ। युवाहरूको प्रश्नको उत्तर पनि रूपान्तरित कांग्रेसले कामबाट मात्र दिन सक्छ। कांग्रेसमा देश बदल्ने भिजन स्पष्ट रहेको उहाँले बताउनुभयो।

पार्टी सभापति गगनकुमार थापा देशको प्रधानमन्त्री भएमा मात्र देशले निकास पाउने धारणा राख्नुभयो। उहाँलाई प्रधानमन्त्री बनाउनुका साथै देशमा सद्भाव, सुशासन र समुन्नति कायम राख्न नेपाली कांग्रेसका हरेक उम्मेदवारलाई निर्वाचनबाट विजयी बनाउन आवश्यक रहेको बताउनुभयो। मुलुकको सकारात्मक परिवर्तनका लागि कांग्रेस निरन्तर लागेको भन्दै उहाँले आफू देश र जनताको हितमा सधैँ लागेको बताउनुभयो।

गुल्मी निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार समेत रहनुभएका नेता भण्डारीले कांग्रेस पार्टीले मात्रै समुन्नत नेपाल निर्माण गर्न सक्ने बताउनुभयो। आम नेपाली जानतको भावना अनुरूप काम गर्नका लागि विभिन्न कार्यक्रमहरू कांग्रेसले मात्रै ल्याएको भन्दै उहाँले मुलुकको शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, खानेपानी, सञ्चार, विद्युतलगायतका विभन्न क्षेत्रमा आफूले निरन्तर जनताको आवाज बोल्दै आएको बताउनुभयो।

प्रकाशित मिति : १ फाल्गुन २०८२ शुक्रबार ००:००  १२ : ५४ बजे