१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

मतदातासँग रविको अनुरोध: एउटा दललाई बहुमत दिएर इतिहास रच्नुस्



तम्घास : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान समयमा मुलुकलाई निकाश दिन निर्वाचन प्रमुख माध्यमका रूपमा रहेको बताएका छन्।

आज यहाँका मतदातालाई सम्बोधन गर्दै उनले निर्वाचनमार्फत आम मतदाताले एउटा दललाई बहुमतसहित विजयी गराएर इतिहास रच्नुपर्नेमा जोड दिए।

सभापति लामिछानेले एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आएकाले सक्षम र नेतृत्व लिनसक्ने व्यक्ति र दल छनोट गर्न आममतदातालाई आग्रह गरे। चुनावी प्रचारका लागि भेटघाट गर्दै उनी आज रिडी हुँदै तम्घास आएका थिए।

लामिछानेले आफूहरू देश बदल्ने अभियानमा सहभागी भएकाले यस अभियानमा सहकार्य र समन्वय गरी साथ दिन आनागरिकलाई आग्रह गरे।

उनले अहिले गलत नेतृत्व छाने देशले दुःख पाउने धारणा राखे। उनले सदरमुकाम तम्घासमा रहेको सहिद शमशेरबहादुर खत्रीको शालिकमा माल्यार्पण गरे।

रास्वपाबाट गुल्मी निर्वाचन क्षेत्र नं १ मा सागर ढकाल र २ मा गोविन्द पन्थी उम्मेदवार भएका छन्। जिल्लामा कूल दुई लाख २९ हजार ५४९ मतदाता  छन्।

प्रकाशित मिति : १ फाल्गुन २०८२ शुक्रबार ००:००  ८ : २३ बजे