काठमाडौं ।
धादिङमा यात्रुबाहक बस दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। २५ जना घाइते भएका छन्।
पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस आज राति एक बजे बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो। दुर्घटनामा परी १८ जनाको मृत्यु भएकोे सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए। उनिहरुको पहिचान खुलेको छैन्।
११ जना पुरुष र ६ जना महिलाको घटनास्थमै मृत्यु भएको हो। मृतकमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन्। घाइते २७ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको उनले जानकारी दिए। २ विदेशी नागरिकसहित २७ जना घाइते पहिचान खुलेको प्रहरीले प्रहरीले जनाएको छ। दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ।
केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ। जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमाण्डमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली परिचालन गरिएको थियो।






प्रतिक्रिया