२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

पार्टीले प्रत्यक्षमा उम्मेदवार बन् भनेको थियो, पैसा नभएर आँटिन: विमला घिमिरे



काठमाडौँ ।
राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उम्मेदवारको सहभागिता बढाउन सकिने अवस्था नरहेको बताएकी छिन्।

बुधवार आफ्नै कार्यकक्ष सिंहदरवारमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले विद्यमान निर्वाचन प्रणालीका कारण निर्वाचनमा महिलाको उम्मेदवारीमा कमी हुन गएको प्रष्ट्याइन्।

उनले विद्यमान निर्वाचन प्रणाली खर्चिलो भएकाले पनि प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या बढाउने अवस्था नआएको तर्क पनि गरिन्।

उपाध्यक्ष घिमिरेले प्रत्यक्षतर्फको निर्वाचनमा लड्नका लागि पार्टीले आफूलाई भनेको भए पनि खर्च धेरै हुने भएकाले आफूले उम्मेदवारी दिने आँट गर्न नसकेको उल्लेख गरिन्।

प्रकाशित मिति : १४ फाल्गुन २०८२ बिहिबार ००:००  २ : ३४ बजे