रुपन्देही । ०७९ काे निर्वाचन भन्दा धेरै मतान्तरमा घटेको राप्रपाको लुम्बिनी प्रदेशमा राम्रो मत आएको छ । अन्य प्रदेशमा भन्दा लुम्बिनी समानुपातिक मत बढी छ । ०७९मा प्रत्यक्ष र समानुपातिक गरी १४ सिट जितेको राप्रपा अहिले घटेर ५ सिटमा पुगेको छ ।
प्रत्यक्षमा जुम्लाबाट ज्ञानेन्द्र शाहीले मात्रै जितेका छन् भने समानुपातिकमा तीन लाख ३० हजार २८१ मत पाएको छ । शाहीले जितेकै कारण उसले राष्ट्रिय पार्टी बन्न पाएको छ ।
राप्रपाको समानुपातिक मत विवरणअनुसार कोशी प्रदेशमा ६२८९९, मधेश प्रदेशमा ३५२३९, बागमती प्रदेशमा ७६५२१, गण्डकी प्रदेशमा २३५५६, लुम्बिनी प्रदेशमा ८००४८, कर्णाली प्रदेशमा १५७५५, सुदूरपश्चिम प्रदेशमा ३६२६३ गरी जम्मा ३ लाख ३० हजार २८१ मत पुगेकाे सो पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले जनाएका छन् ।
लुम्बिनीमा यसअघि रुपन्देही ३, नवलपरासी २ र बाँके २ राप्रपाले जिते पनि अहिले भने जमानतसमेत जफत भएको छ तर समानुपातिकमा भने लुम्बिनीबाट राम्रो मत आएको छ ।







प्रतिक्रिया