एजेन्सी ।
दक्षिण लेबनानमा भएको इजरायली हवाई आक्रमणमा कम्तिमा १३ जनाको ज्यान गएको छ । लेबनानी अधिकारीका अनुसार संयुक्त आपतकालीन बिन्दुलाई निशाना बनाएको र यसमा दुई उद्धारकर्ताको ज्यान गएको छ ।
त्यस्तै नाबातिएहमा एउटा घरमा आक्रमण गर्दा ६ जनाको ज्यान गएको छ भने अर्को इजरायली आक्रमण दक्षिण सीमावर्ती सहर बिन्त जबेलमा भएको थियो जहाँ तीन जनाको ज्यान गयो । त्यस्तै, तटीय शहर गाजिएहमा एउटा भवनमा हवाई आक्रमण हुँदा दुई बालबालिकाको ज्यान गएको विवरण छ ।
संयुक्त राष्ट्रसंघको अन्तरिम बलको नेपाली बटालियन परिसरमा पनि गोला प्रहार भएको छ । इजरायली गोलाहरू दक्षिण लेबनानी सीमावर्ती गाउँ मेस अल–जबालमा रहेको युनिफिलको नेपाली बटालियनको परिसर भित्र पनि खसेका थिए । बेरुतमा रहेको नेपालको मानार्थ महावाणिज्य दूतावासले यो आक्रमणको निन्दा गरेको छ ।
कुनै पनि नेपाली सैनिक घाइते नभएको तर संयुक्त राष्ट्रसंघको शान्ति सेनाको केन्द्रलाई निशाना बनाउनु अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघका कर्मचारीको सुरक्षा गर्ने सिद्धान्तको गम्भीर उल्लंघन भएको विज्ञप्तीमा उल्लेख छ ।







प्रतिक्रिया