१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

तुइन खोला नजिकैको बाटोमा दुई वटा फ्लडलाइट जडान



चितवन ।

मुग्लिन–नारायणगढको तुइन खोला पुल नजिकैको बाटोमा दुई वटा फ्लडलाइट जडान भएको छ । यो खण्डको सडकमा माथिबाट ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातको समयमा पनि स्पष्ट देख्न सक्ने गरी दुई वटा फ्लड लाइट जडान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यो सडक खण्डमा गाडी चलाउँदा ओभरटेक नगरी संयमित भई सुरक्षित यात्रा गर्न डिभिजन कार्यालयले आग्रह गरेको छ । यो सडकमा पानी परेको समयमा सडकमाथिबाट ढुङ्गा र पहिरो खस्दा पटक–पटक बाटो अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२ आइतबार ००:००  ८ : ३८ बजे