१९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026

काठमाण्डौबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ



काठमाण्डौ ।
काठमाण्डौबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले नयाँ बसपार्क, कलङ्की र बल्खुबाट हिजो उनीहरुलाई पक्राउ गरेको हो । ती ठाउँमा सञ्चालित टिकट काउन्टरमा आफूहरूले भनेको गाडीमा यात्रा गर्नुपर्छ भनी यात्रुलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

प्रहरीले गोङ्गबुमा रहेको नयाँ बसपार्कबाट पाँच, कलङ्कीबाट २४ र बल्खुबाट १९ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १९ चैत्र २०८२ बिहिबार ००:००  १० : ५७ बजे