२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय



काठमाडौँ । सरकारले नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

यसअघि सामान्यतया वैशाखको पहिलो सातादेखि शैक्षिक सत्र सुरु हुने गरेकोमा यस पटक केही दिन ढिला गरी नयाँ भर्ना र पठनपाठन सुरु हुने भएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०८२ आइतबार ००:००  २ : ३९ बजे