पाल्पा ।
पाल्पाको पूर्वखोला गाउँपालिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक्सरे प्रविधिमार्फत क्षयरोगी पहिचान अभियान सञ्चालन भइरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा सञ्चालित अभियानअन्तर्गत वीरकोट र सिलुवा स्वास्थ्य चौकीमा शिविर राखिएको छ । वीरकोटमा १८७ र सिलुवामा २८० जनाको परीक्षण गरिएको छ ।
परीक्षणमा वीरकोटमा ३४ र सिलुवामा ४५ जना शङ्कास्पद बिरामी भेटिएका छन्, जसमध्ये चार जनाको तत्काल उपचार सुरु गरिएको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार यो प्रविधिले फोक्सोको एक्सरे तस्बिर सफ्टवेयरमार्फत विश्लेषण गरी सामान्य एक्सरेमा नदेखिने सूक्ष्म समस्यासमेत तत्काल पहिचान गर्छ, जसले खकार परीक्षणअघि नै जोखिमयुक्त बिरामी छुट्टाउन सहयोग पुग्छ ।
शङ्कास्पद बिरामीलाई थप परीक्षणका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल रिफर गरिएको छ ।







प्रतिक्रिया