कपिलवस्तु, चन्द्रौटा ।
कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाबाट अवैध हतियारसहित एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय तौलिहवा, कपिलवस्तुका अनुसार बुद्धभूमि नगरपालिका–१ ईमिलिया बस्ने वर्ष २४ का सुरज कुंवरलाई प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले खोजतलास गर्ने क्रममा मिति २०८३ वैशाख ६ गते राति करिब ८:३० बजे बुद्धभूमि नगरपालिका–१ डुमरा क्षेत्रबाट उनलाई पक्राउ गरेको हो। पक्राउ परेका कुंवरको घरमा कानुनबमोजिम खानतलासी गर्दा उनको कोठामा रहेको स्टिल दराजभित्र कपडामा बेरिएको अवस्थामा ‘Made in China’ लेखिएको पेस्तोलजस्तो देखिने वस्तु बरामद गरिएको प्रहरीले जनाएको छ।
उक्त हतियारसहित पक्राउ परेका कुंवरलाई हतियार तथा खरखजना सम्बन्धी कसुरमा कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। अदालतले मिति २०८३ वैशाख ६ गतेदेखि लागू हुने गरी पहिलो पटक पाँच दिनको म्याद थप गरेको जनाइएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
७ बैशाख २०८३ सोमबार ००:००
0
Shares







प्रतिक्रिया