११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

मानव अधिकार आयाेगले भन्याे– ‘वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर’



काठमाण्डाै ।

राष्ट्रिय मानव अधिकार आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी आवश्यक व्यवस्थापन गर्न सरकारलाई पत्राचार गरेको छ ।

भाेलिदेखि काठमाण्डाैको बागमती किनारसहित विभिन्न ठाउँमा बसोवास गरिरहेका सुकुम्वासीका अवैध घरटहरा हटाउने भन्ने विषयमा आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई पत्राचार गरेको हो ।

आयोगका सिफारिश र सर्वोच्च अदातलबाट भएका आदेशको कार्यान्वयन गर्दै वास्तविक सुकुम्वासीको पहिचान एवम् आवश्यक व्यवस्थापन गरी अतिक्रमित जग्गाका घरटहरा खाली गराउने क्रममा अत्यधिक बलको प्रयोग नगर्न/नगराउन र संयमित हुन नेपाल सरकारसँग आग्रह गर्दछ, आयाेगकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ११ बैशाख २०८३ शुक्रबार ००:००  ७ : ४० बजे