२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

बैरिया युवा समाजद्वारा बृहत् रक्तदान : ५६ युनिट रगत संकलन



कपिलवस्तु — बैरिया युवा समाज, वाणगंगा–१ ले दुर्गा मन्दिर, बैरिया परिसरमा शनिबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने मानवीय उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ।

विभिन्न सामाजिक तथा रचनात्मक गतिविधिमार्फत आफ्नो पहिचान स्थापित गर्दै आएको बैरिया युवा समाजले यस पटक रक्तदान कार्यक्रममार्फत परोपकारी कार्यलाई निरन्तरता दिएको हो। नेपाल रेडक्रस सोसाइटी, वाणगंगा शाखाको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रम समाजका अध्यक्ष महेशराज पन्तको अध्यक्षता तथा कार्यक्रम संयोजक सागर घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल रेडक्रस सोसाइटी, वाणगंगा शाखाका सभापति शंकर पाण्डेले “रक्तदान जीवनदान” भन्ने मूल सन्देशलाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आवश्यक परेको बेला रक्तदान गरी मानवीय सेवा पुर्‍याउनु ठूलो सामाजिक योगदान भएको उल्लेख गर्नुभयो।

सोही अवसरमा सभापति पाण्डेले वाणगंगाको सिद्धिपुरमा सञ्चालनमा रहेको रक्तसञ्चार सेवा केन्द्र स्थापना भएको दुई वर्ष पूरा भएको खुशीयालीमा मिठाई वितरण गर्दै संस्थाका सामाजिक तथा परोपकारी कार्यमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा बैरिया युवा समाजका सदस्य तथा शुभेच्छुक गरी जम्मा ५६ जनाले रक्तदान गरेका थिए, जसमा ४ जना महिला रक्तदाता समेत सहभागी रहेका थिए।

प्रकाशित मिति : २ जेष्ठ २०८३ शनिबार ००:००  १ : ५५ बजे