कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नदीमा निर्माणाधीन झोलुङ्गे पुलको लठ्ठामा अल्झिएर गएराति एक ट्याक्टर चालकको मृत्यु भएको छ। बाणगङ्गा नगरपालिकाको मधुवन धाम र नन्दनगर जोड्ने पुलको लठ्ठामा अल्झिँदा बाणगङ्गा–२, राजपुरका २२ वर्षीय सनम चौधरीको ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार घटनास्थल नजिकै लु ४ त ९९६० नम्बरको ट्याक्टर फेला परेको छ। घटनाको प्रकृति हेर्दा रातीकाे समयमा चालक के कति कारणले अल्झिन पुगेको अनुसन्धान भैरहेको छ।
घटना पछि ट्याक्टर नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ, प्रमुख पौडेलले जानकारी दिनुभयो।
२२ जेष्ठ २०८३ शुक्रबार ००:००
2k
Shares







प्रतिक्रिया