२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

अत्यधिक गर्मी बढेपछि बुद्धभूमिका विद्यालय चार दिन बन्द



मायादेवी अनलाइन, बुद्धभूमि ।

अत्यधिक गर्मी बढेसँगै कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले नगरभित्रका सबै विद्यालयमा गर्मी बिदा दिएको छ। पछिल्ला केही दिनयता बढ्दो गर्मीका कारण विद्यार्थीहरूको पठनपाठनमा समस्या भएको भन्दै नगरपालिकाले बिदा दिने निर्णय गरेको हो।

सोमबार जारी गरिएको सूचनाअनुसार जेठ २६ गतेदेखि २९ गतेसम्म विद्यालयहरू बन्द रहनेछन्। शिक्षा शाखाका अनुसार यो बिदा हिउँदे बिदासँग मिलान हुने गरी व्यवस्था गरिएको छ।

अत्यधिक गर्मीका कारण कपिलवस्तुको जनजीवन प्रभावित बनेको छ। यसअघि बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाले पनि गर्मी बिदा दिएका थिए।

प्रकाशित मिति : २५ जेष्ठ २०८३ सोमबार ००:००  ७ : ४२ बजे