८ असार २०८३, सोमबार | Mon Jun 22 2026

विजयनगरमा संचालित पोषणमार्फत जीवन रूपान्तरण कार्यक्रमको संयुक्त अनुगमन



विजयनगर ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा सञ्चालित पोषणमार्फत जीवन रूपान्तरण कार्यक्रम अन्तर्गतका विभिन्न गतिविधिको स्थलगत अनुगमन गरिएको छ । हेलेन केलर इन्टरनेशनल, आर.डी. नेपाल तथा कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा सञ्चालित कार्यक्रम अन्तर्गत वडा नम्बर ४ र ५ मा सञ्चालन गरिएका तरकारी खेती, बाख्रा पालन तथा गँड्यौला मल उत्पादन, स्वास्थ्य चौकीलाई सहयोग सम्बन्धी गतिविधिको अनुगमन गरिएको हो ।

अनुगमन टोलीमा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, उप प्रमुख रमेश कुर्मी, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा तथा कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष तथा कार्यकारी निर्देशक रविन्द्र सिंह रावत लगायत सहभागी थिए ।

प्रकाशित मिति : ८ असार २०८३ सोमबार ००:००  १० : ०७ बजे