कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका–१ नयाँ हाटबजारस्थित टिनको टहरामुनि अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
मृतकको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार राति करिब ९ बजे अन्दाजी ५० देखि ५५ वर्ष उमेरका तराई मूलका जस्ता देखिने एक पुरुष अचेत अवस्थामा फेला परेका थिए।
स्थानीयबाट सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर तत्काल उपचारका लागि कपिलवस्तु जिल्ला अस्पताल लगेको थियो।
अस्पतालमा उपचार तथा स्वास्थ्य परीक्षणका क्रममा राति करिब साढे ९ बजे उपचारमा संलग्न चिकित्सकले ती पुरुषलाई मृत घोषणा गरेका थिए।
मृतकको नाम, थर तथा ठेगाना खुल्न नसकेको र हालसम्म कुनै आफन्त सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।
मृतकको सनाखतका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सार्वजनिक सूचना जारी गर्दै चिन्ने वा आफन्त व्यक्तिलाई कपिलवस्तु जिल्ला अस्पताल अथवा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।
प्रहरीले मृतकको पहिचान खुलाउन आवश्यक अनुसन्धान तथा खोजी कार्य जारी रहेको जनाएको छ।













प्रतिक्रिया