८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

गाउँमा बस पुग्दा वडा अध्यक्ष खुसी



अराज सिहं बेल्बास, अर्घाखाँची ।
शितगंगा नगरपालिकाको वडा नम्बर ९ को सिस्ने खोलामा पहिलो पटक बस पुगेको छ । चुनावको बेला बिकास निमार्णको कामलाई तिवृता दिने बताउँदै जनताको मन जितेका वडा नम्बर ९ का वडा अध्यक्ष भिम केसीले चुनावको बेला बोलेको प्रतिवद्धता पुरा गरेका छन । पहिलो पटक बस पुग्दा सिस्ने खोलाका स्थानीय निकै खुसी भएका छन ।
साथै अब नियमित रुपमा उत्त क्षेत्रमा बस सञ्चालनमा आउने भएको छ । प्रत्येक दिन दिउँसोको ३ः३० बजे चन्द्रौटा, धानखोला हुँदै सिस्नेखोलाका लागिबस छुट्ने भएको छ । पहिलो पटक स्थानीय क्षेत्रमा बस पुग्दा, स्थानिय हरु नाच्दै गाउदै खुशी भइ फुलमालाले स्वागत गरेका थिए । कार्यक्रममा बस चालक तथा सहचालक तथा वडा अध्यक्ष भिम केसीलाई फुलमाला लगाएर स्थानीय बासीले भव्य स्वागत गरेका थिए ।
वडा अध्यक्षमा निवार्चित भए पछि धानखोला देखि सिस्ने सम्मको वाटो फराकिलो गर्ने कार्य सम्पन्न गरि बस सञ्चालनमा ल्याएको वडा अध्यक्ष केसीले बताए । अहिले नगरपालिकाको मापदण्ड अनुसारको बाटो र नाला निर्माण गर्ने कार्य अगाडी बढी रहेको छ ।
अहिले बाटो फराकिलो सँगै ठाउँहरूमा तटबन्धन, होम पाईप बिछाउने कामहरू हुदैं गरेको छ । बिकास निमार्णमा पछाडि परेको यो क्षेत्रमा अहिले भने जनताका आसा हरु जागेका छन । बाटो निमार्ण स्तरउन्नती, पशुकृषि अनुदान जस्ता धेरै काम वडा अध्यक्षले गरेका छन साथै बिकट भए पनि शितगंगा नगरपालिकाको नमुना वडा बनाउने वडा अध्यक्ष केसीको योजना छ ।
आफू जनताको काम गर्न आएको त्यसको लागी कुनै स्वार्थ नभएको र बिभिन्न प्रकारका गलत प्रचारबाजी गर्ने प्रयास भइरहेकोले आफू काम गर्ने मान्छे भएको जनताले बिश्वास गर्ने भएकोले आफू बिरुद्ध भएका प्रचारवाजीको बुनै मतलव नभएको बताउदै कुनै गलत काम भएमा सजाय भोग्न तयार हुने केसीले बताए ।
शितगंगा नगरपालिकाकै महत्वपुर्ण मानिने उक्त ट्रयाक बैरिया, सिमलपानी, चाक्ला, सिद्धारा हुर्दै आउने भएकोले स्तर वृद्धि सम्पन्न भएसगैं सिस्ने खोला सम्म बस उद्घाटन गरिएको हो । निकत भबिश्य मै शितगंगा नगरपालिकाको रिङरोड बनाउने योजना रहेकोले पनि त्यो बाटो लाई महत्वका साथ लिने गरिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७४ शुक्रबार ००:००  ३ : ५४ बजे