८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

गोल्डेन होराईजनको नतिजा प्रकाशन



बिकास थापा, गजेहडा ।
गोल्डेन होराईजन इंग्लिस बोर्डिङ स्कुल बाणगंगा नगरपालिका वडा नम्बर ४ को १३ औं बार्षिक उत्सव अभिभावक दिवस एबम नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यालय कपिलवस्तुका प्रमुख सुरेन्द्र पराजुलीले विद्यालयको शैक्षिक स्तर देखिने गरी सुधार हुनुपर्नेमा जोड दिनुभयो । विद्यालयमा अब बिज्ञान र प्रबिधिको माध्यमबाट पठनपाठन हुने गरी शैक्षिक सुधारमा सबै एक जुट हुनुपर्ने तर्क गर्नुभयो ।
कार्यक्रममा उत्कृष्ट नम्बर लिने र बर्षभरि भएका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा बिद्यालयका प्रध्यायनध्यापक दिपक अधिकारीले बिद्यालयको शैक्षिक गतिबिधि र बिद्यालयलले आगामी दिनमा गर्ने कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
प्याब्सन कपिलवस्तुका सचिब तथा हथौसा लिटिल स्टार बोर्डिङ स्कुलका प्रअ सुन्दर पाण्डे, प्याब्सन अन्तर्गतका उत्तरपूर्बी निजि बिद्यालय नेप्साका संयोजक तथा ज्ञानपुञ्ज बोर्डिङ स्कुलका प्रअ रोमाकान्त घिमिरेको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बाबुराम आचार्यको अध्यक्षता, बिद्यालय ब्यवस्थापन समितिका उपाध्यक्ष द्रोणराज सुवेदी, सदस्य कृष्ण पौडेल, लोकनाथ ज्ञवाली, डिल्लीराम भट्राई लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम बिद्यालयका सहायक प्रअ पिताम्बर सिंजालीको स्वागत मन्तब्य, कक्षा ९ का छात्र बिष्णु पौडेल, अभिभावक तर्फ सुर्य चुदाली, मुक्त पुलामी, अनिमा क्षेत्री, उत्तम आलेको शुभकामना मन्तव्य रहेको थियो । बिद्यालयका शिक्षक बिनेश चौधरी र शारदा पाण्डेले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न सांस्कृतिक महत्व झल्काउने नृत्य तथा गीत प्रस्तुत गरि मनोरञ्जन प्रदान गरिएकोे थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७४ बिहिबार ००:००  १ : २० बजे