२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

कांग्रेसले बोलायो संसदीय दलको बैठक



काठमाडौं ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्ने भएको छ।

भोलि बिहान ९ बजे नयाँ बानेश्वर संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।

आइतबार गठबन्धनका तीन दलले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरूद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन्।

सर्वोच्च अदालतको न्यायिक प्रक्रियाबाट मंसिर १४ देखि नै अलग्याइएका राणाले न्याय परिषदमार्फत् आफ्नो सक्रियता बढाउन थालेपछि अन्तत सत्तारूढ गठबन्धनले उनीविरूद्ध आइतबार बिहान संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएको थियो।

प्रकाशित मिति : २ फाल्गुन २०७८ सोमबार ००:००  १ : २० बजे