२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

दाङमा छोराद्धारा आफ्नै बुवाको घाँटी रेटेर हत्या



दाङ ।

दाङमा एक युवाले आफ्नै बुवाको घाँटी रेटेर हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले शान्तिनगर गाउँपालिका–३ बेलडाँडा निवासी २० वर्षीय गोपाल पुनमगरले बुवा ६३ वर्षीय कर्णबहादुर पुनको घाँटी रेटेर हत्या गरेको बताए ।

घटनास्थलमा प्रहरी पुगेर पुनलाई नियन्त्रणमा लिइसकेको प्रमुख काफ्लेले बताए। बुधबार दिउँसो पानीको गाग्री बोकेर घर आएका बुवामाथि पुनले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८ बुधबार ००:००  ४ : ४७ बजे