८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दाङमा पाँच प्रतिशतले तोरी उत्पादनमा वृद्धि



दाङ ।

दाङमा यसवर्ष तोरीे उत्पादनमा वृद्धि भएको छ । तोरी छर्ने सिजनमा पर्याप्त मात्रामा वर्षा भएकाले तोरी उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

तोरी छर्ने सिजनमा वर्षा भएकाले गएको वर्षको तुलनामा यस वर्ष दाङमा तोरी उत्पादनमा वृद्धि भएको कृषि अर्थविज्ञ पृथ्वीप्रसाद लामिछानेले बताउनु भयो ।

कति प्रतिशत उत्पादनमा वृद्धि भयो भन्ने एकिन तथ्याङ्क आइनसकेको तर यस वर्ष कम्तीमा पनि पाँच प्रतिशतले तोरी उत्पादनमा वृद्धि भएको हुनसक्ने आफूहरुको अनुमान रहेको लामिछानेले बताउनुभयो।

दाङमा यस वर्ष १८ हजार तीन सय हेक्टर क्षेत्रफलमा तोरी लगाइएको छ । यस वर्ष २३ हजार सात सय ९० मेट्रिक टन तोरी उत्पादन भएको आकलन गरिएको छ। कृषि अर्थविज्ञ लामिछानेका अनुसार जिल्लामा अहिले स्थानीय जातको काउली तोरी र कपुरकोटे जातको तोरीको खेती हुँदै आएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८ आइतबार ००:००  ११ : १२ बजे