२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

प्लाष्टिकले बेरेको अवस्थामा एक पुरुषको शव फेला



नेपालगञ्ज ।

नेपालगञ्जमा प्लाष्टिकले बेरेको अवस्थामा शव फेला परेको छ। नेपालगञ्ज उपमहानगरपालिका २०, राँझा विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर सुर्खेत घर भएका बालकृष्ण वलीको शव फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए।

३० वर्षीय वलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार मृतकको शरीरमा कुनै चोटपटक देखिएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेकै प्रहरीले बताए ।

प्रकाशित मिति : १० चैत्र २०७८ बिहिबार ००:००  ३ : ३१ बजे