८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

गुल्मीमा पौडी खेल्दा बेपत्ता युवाको शव फेला



गुल्मी ।

बुधबार खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवाको शव फेला परेको छ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका–५ का २३ वर्षीय किरण गिरी बडीगाड खोलामा पौडी खेल्दा डुबेर बेपत्ता भएका गिरीको शव बिहीबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

गिरीको शव छत्रकोट गाउँपालिका–५ को उल्लीखोला पुलदेखि करिब ५० मिटर पूर्वतर्फ बालुवामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरालले जानकारी दिए।

गिरीको शवलाई घटनास्थलको मुचुल्का तयारपछि जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० चैत्र २०७८ बिहिबार ००:००  ५ : ५५ बजे