४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

बाँकेमा ४९ वर्षीया महिला बलात्कृत



नेपालगञ्ज ।

बाँकेमा ४९ वर्षीया महिला बलात्कृत भएकी छन्।

खजुरा गाउँपालिकाकी ती महिलालाई अर्धनग्न र अर्धबेहोस अवस्थामा गएराती १२ः३० उद्धार गरिएको इलाका प्रहरी कार्यालय, धनौलीले जानकारी दिएको छ।

घरमा सामान्य झगडा भएपछि महिला माइती जान्छु भनेर १०ः१५ बजे घरबाट निस्केकी थिइन्।उनी अटोरिक्सा चढेर गएकी थिइन्। उनको माइती घरदेखि दुई किलोमिटरको दुरीमा रहेको छ।

राती १२ बजेसम्म पनि माइतीमा नपुगेको खबर आएपछि घरपरिवार खोजीमा निस्केका थिए। खोजतलास गर्दै जाँदा सडकमा अटोरिक्सा देखियो।

सडकदेखि ५० मिटर दक्षिण झाडीमा महिला अर्धनग्न र अर्धबेहोस अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, धनौलीका प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले जानकारी दिए।

महिलाको उपचार भइरहेको छ।अटोरिक्साका मालिकलाई बिहान चार बजे बर्दियाबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २५ बैशाख २०७९ आइतबार ००:००  १२ : ५५ बजे