२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

बुद्धभूमि बैंकर्स क्लब गठन, अध्यक्षमा भण्डारी



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा बैंकर्स क्लब गठन गरिएको छ ।

नगर क्षेत्र भित्र सेवा संचालन गरेका बैकं तथा बित्तिय संस्थाहरुको एक भेलाले एनएमबी बैंक गोरुसिंगे शाखा प्रमुख लाल बहादुर भण्डारीको अध्यक्षतामा बुद्धभूमि बैंकर्स क्लव गठन भएको हो ।

क्लबको सचिवमा सिटिजन बैंक इमिलिया शाखाका प्रमुख समीर कुमार श्रेष्ठ, कोषाध्यक्षमा कामना सेवा बिकास बैंक गोरुसिंगेका शाखा प्रमुख महेन्द्र प्रसाद घिमिरे रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा लक्ष्मी बैंकका प्रमुख नितेश श्रेष्ठ, सिद्धार्थ बैकका प्रमुख उमंग पाख्रिन, एनआइसी एसिया बैकका प्रमुख सुनिल अर्याल, सांग्रिला बैंकका प्रमुख हरिशचन्द्र भारती, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख सुदीप खनाल रहेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९ शुक्रबार ००:००  ३ : १८ बजे