९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

विजयनगरमा सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश



मायादेवी अनलाइन, चन्द्रौटा ।
राष्ट्रिय युवा संघ नेपाल गाउँ कमिटी विजयनगरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न पाटी परित्याग गरी सयौं नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी सह–इन्चार्ज गिरधारीलाल न्यौपानेले टिका तथा खादा लगाई पाटीमा प्रवेश गराउनु भएको हो ।
नेकपा एकीकृत समाजबादी लुम्बिनी प्रदेश सदस्य डा.जहिरुल हसन खाँ, नेकपा माओवादी केन्द्र विजयनगर गाउँ कमिटी अध्यक्ष तेज प्रसाद पौडेल, लोसपा युवा जिल्ला अध्यक्ष विजय कुमार चौधरी, नेपाली काँग्रेसका भगवान दास यादव, जसपा र बहुजन शक्ति पाटीका गरी सयौं नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् । डा.जहिरुल हसन खाँ गत स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा चुनाव लडेका थिए । उनी त्यस क्षेत्रमा प्रभावशाली मानिन्छन् ।शिर्ष नेताहरु संगै उनका कार्यकर्तापनि एमालेमा समाहित भएका छन् ।
नवप्रवेशीहरुले नेकपा एमाले देशभक्त र समृद्धिको नयाँ खाका कोर्ने एक मात्र पाटी भएको बताएका थिए । सोही अवसरमा राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीले खडैचामा दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको अध्यक्ष सरोज थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ कार्तिक २०७९ बुधबार ००:००  ८ : ०२ बजे