१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

महासंघ कपिलवस्तुद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र



मायादेवी अनलाइन, तौलिहवा ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले मुलुकी फौजदारी संहिता ऐन २०७४ मा संशोधन गर्नुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
गत भाद्र १ गतेबाट लागू भएको मुलुकी (फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर गरेको ठहर गर्दै तत्काल संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
कपिलवस्तुमा प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेल मार्फत ज्ञापन पत्र बुझउदै महासंघले १० बुदे संशोधन माग गरेको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, केन्द्रिय सदस्य बसन्त गिरी तथा सचिव हरि अधिकारीले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा पत्रकार र सञ्चार माध्यमका लागि मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का केही प्रावधानहरु जटिल र प्रेस स्वतन्त्रता विरोधी भएको ठहर छ ।
जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकार मार्फत देशैभरका नेपाल पत्रकार महासंघका शाखाहरुले मुलुकी फौजदारी संहिता ऐन २०७४ तत्काल संशोधन गरी संविधानको प्रस्तावनामा नै उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रतालाई ग्यारेण्टी गर्न ज्ञापन पत्र मार्फत जोडदार माग गरेको जिल्ला सचिव हरि अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : २१ भदौ २०७५ बिहिबार ००:००  २ : ०८ बजे