२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

बझाङमा भूकम्पको धक्का महसुस



बझाङ ।

बझाङमा भूकम्पको धक्का महसुस भएको छ। आज साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४।३ रिक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो। केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो।

भूकम्पबाट क्षति कुनै नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीले बताए।

प्रकाशित मिति : २ पुस २०८१ मंगलबार ००:००  ८ : ४४ बजे