७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बाल संजालकाे अध्यक्षमा नाइसा अधिकारी



कपिलबस्तु ।

वाणगंगा नगरपालिकाको वडा न. १ मा वडा स्तरीय बाल संजाल पुर्नगठन भएको छ । वडा कार्यालय बैरियाको प्रांगणमा आयोजित वडा स्तरीय बाल भेलाबाट नाइसा अधिकारीको अध्यक्षतामा १८ सदस्यीय गौतमबुद्ध बाल संजाल पुर्नगठन भएको हो । जसको उपाध्यक्षमा शिशिर भण्डारी, सचिवमा दिब्या कुबर, कोषाध्यक्षमा कमलेश कुबर र सदस्यहरुमा विनय खनाल, हिमा राना, आरएन खत्री, हिमा राना, विवेक थापा, निशान पहराई, सुप्रिप अर्याल, चिरन्जीवि भण्डारी लगाएतका रहेका छन् ।

वाणगंगा नगरपालिका वडा न. १ का कार्यवाहक वडा अध्यक्ष लक्ष्मी बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न बाल भेलामा वडा सदस्य टोपकला विसी, बालमैत्री सहजकर्ता पूर्णिमा न्यौपाने लगाएतले बालबालिकाको सर्वोत्तम हितको लागि बालक्लवले काम गर्नुपर्ने भन्दै शुभकामना व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष नाइसा अधिकारीले बाल बालिकाको हक अधिकारको निम्ति आवाज उठाउने, सचेतना जगाउने लगाएतका काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । बाल भेलामा ४० जनाको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ३१ असार २०८२ मंगलबार ००:००  ६ : २० बजे