दाङ ।
लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री जनमजय तिमिल्सिनाले बालअधिकार संरक्षण, बालमैत्री समाज निर्माण तथा बालबालिकाको समग्र विकासका लागि सरकार, नागरिक समाज र सरोकारवाला सबै पक्षबीच साझा प्रतिबद्धता र सहकार्य आवश्यक रहेको बताएका छन्। भालुवाङमा संघसंस्थाका लागि याेजित Child Rights Programming and Monitoring Training for Civil Society Network for Child Rights कार्यक्रमकाे उद्घाटन गर्दै मन्त्री तिमिल्सिना सरकारी तथा गैरसरकारी निकायबाट बालबालिकाकाे क्षेत्रमा लगानी मार्फत उनीहरूकाे हित र संरक्षणमा काम गर्नुपर्ने बताए ।
पीस नेपाल तथा बालअधिकारका लागि नागरिक सञ्जाल लुम्बिनी प्रदेशको आयोजनामा संचालित क्षमत विकास कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री तिमिल्सिनाले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागिताको अधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बालअधिकारको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहदेखि प्रदेशस्तरसम्म समन्वय र निगरानीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

पिस नेपालका अध्यक्ष मणी प्रसाद गैरेले बाल अधिकारको सुनिश्चितताको लागि सरोकारवाला निकाय जिम्मेवार हुनुपर्ने बताएका छन् । बाल अधिकारका लागि नागरिक संजाल लुम्बिनी प्रदेश संयोजक शालिकराम पाण्डेकाे अध्यक्षतामा कार्यक्रम संचालन भएकाे थियाे । कार्यक्रममा लुम्बिनी प्रदेशका बाल अधिकारको क्षेत्रमा कृयाशिल ३० संघसंस्थाको सहभागीता रहेको छ ।






प्रतिक्रिया