३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

उद्योग व्यापार संघ कपिलबस्तुद्वारा स्वागत, सम्मान तथा बधाई कार्यक्रम सम्पन्न



डिलाराम भुसाल, कपिलबस्तु ।
उद्योग व्यापार संघ कपिलबस्तुले शनिबार नियमित बैठकको अवसर पारेर इलाका प्रशासन कार्यालय बाणगंगामा कार्यालय प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्नुभएका बाबुराम पोख्रेलको सम्मानमा स्वागत, बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा संघका पदाधिकारी तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले प्रमुख प्रशासकीय जिम्मेवारी सम्हाल्नुभएका पोख्रेललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रशासन र निजी क्षेत्रबीच सहकार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए।

यसै अवसरमा हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघ को केन्द्रीय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू हूमनाथ पौडेल, गिरिराज पौडेल तथा लेखा समिति संयोजक खिमानन्द पौडेल र सदस्य शालिकराम आचार्य लाई समेत बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष टोपनारायण बेल्वासेले व्यवसायिक वातावरण सुधार, प्रशासनिक सहकार्य तथा निजी क्षेत्रको हकहित संरक्षणका लागि संघ निरन्तर सक्रिय रहने बताउनुभयो। उहाँले नवजिम्मेवारी प्राप्त व्यक्तित्वहरूलाई बधाई दिँदै उहाहरूको नेतृत्वले व्यवसायिक क्षेत्रलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

अध्य बेल्वासे भन्नुभयो, “उद्योगी व्यवसायी र प्रशासनबीचको समन्वय बलियो हुँदा मात्रै जिल्लाको आर्थिक तथा व्यवसायिक विकास सम्भव हुन्छ। नयाँ जिम्मेवारीमा आउनुभएका सम्पूर्ण व्यक्तित्वहरूले आफ्नो कार्यकालमा उत्कृष्ट योगदान दिनुहुनेछ भन्ने हाम्रो विश्वास रहेको बताएको छ।”

प्रकाशित मिति : ३ जेष्ठ २०८३ आइतबार ००:००  ८ : ०६ बजे