५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा तापक्रम थप बढ्ने



काठमाण्डौ । 

देशैभर गर्मी बढेको छ । आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम थप बढ्ने सम्भावना छ । 

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

त्यस्तै केही ठाउँमा पानी पर्ने अनुमान छ । हिजो पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढेको थियो । अब बिस्तारै गर्मी बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज र भोलि कोशी मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ । 

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँहरूमा, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका एक÷दुई ठाउँहरूमा मध्यमसम्मको वर्षाको सम्भावना छ । 

प्रकाशित मिति : ५ जेष्ठ २०८३ मंगलबार ००:००  १० : १० बजे