काठमाण्डौ ।
केही दिनयता तराईमा गर्मी अत्यधिक बढेको छ । पश्चिम तराईमा गर्मी उच्च हुँदै गएको छ । सुदूरपश्चिम र लुम्बिनी क्षेत्रका तराई भागमा आज पनि तातो दिन हुनेछ । ती क्षेत्रमा बढेको गर्मीले जनजीवन प्रभावित हुन थालेको छ ।
अत्यधिक गर्मीबाट जोगिन दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का कपडा लगाउन तथा बालबालिका, वृद्ध वृद्धा र बिरामीको विशेष ख्याल राख्न विज्ञले आग्रह गरेका छन् । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।
देशका पहाडी र हिमाली भागमा साधरणतया बादल लागेको छ, भने बाँकी तराई भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भागमा साधरणतया बादल लाग्नेछ ।
बाँकी प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेश प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।







प्रतिक्रिया