१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

मनसुनः पर्सिसम्म देशभर फैलिने सम्भावना



काठमाण्डौ ।
पर्सि मंगलबारसम्म मनसुन देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार हुने सम्भावना छ । यस वर्ष सरदर मिति भन्दा ६ दिन ढिला गरी गएको असार ५ गते अर्थात् ९जुन १९ तारिख०मा पूर्वमा प्रवेश गरेको मनसुन असार ८ देखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो । तर मनसुन कमजोर अवस्थामै छ ।

मध्यअसार भइसक्दा पनि पानी पर्न नसक्दा धान रोपाइँ प्रभावित हुँदै आएको छ । आज दिउँसो देशभर मौसम साधरणतया बदली रहने अनुमान छ । गए राति कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा पानी परेको छ । बिहान काठमाण्डौ उपत्यकामा पनि हल्का वर्षा भएको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने महाशाखाको पूर्वानुमान छ । आज राति पनि देशभर मौसम साधरणतया बदली नै रहनेछ ।

प्रकाशित मिति : १४ असार २०८३ आइतबार ००:००  ९ : ३५ बजे