गुलरिया । बर्दिया प्रहरीले जबरजस्ती करणी कसुरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले बढैयाताल गाउँपालिका–१ शान्तिपुर स्थितबाट २९ वर्षीय कर्णबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मगरविरुद्ध २०७८ सालमा जबरजस्ती करणीको आरोपमा मुद्दा दर्ता भएको थियो । उक्त दिनदेखि नै मगर फरार रहेको प्रहरीले जनाएको छ ।
खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले मगरलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताउनुभयो ।







प्रतिक्रिया