रूपन्देही । बुटवलमा महिला तथा युवाका लागि भावी नेतृत्व तथा कार्यकारी सशक्तीकरणसम्बन्धी ३ दिने तालिम शुक्रबार सम्पन्न भएको छ। सिइसिआईको सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा सञ्चालित समसम परियोजना अन्तर्गत सरावल र बर्दघाटका विभिन्न संघसंस्थामा आबद्ध महिला तथा युवाको क्षमता विकासका लागि तालिम आयोजना गरिएको हो।
तालिमको समापन कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तिलोचन घिमिरेले अवसरबाट वञ्चित समुदायका युवा तथा महिलालाई तालिममार्फत सशक्तीकरण गरी उनीहरूका लागि नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। समाज रूपान्तरणमा युवा तथा महिलाको भूमिका प्रभावकारी हुने भएकाले उनीहरूको क्षमता विकासमा निरन्तर टेवा पुर्याउन आवश्यक भएकाे उहाँले उल्लेख गर्नुभयो। अध्यक्ष घिमिरेले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई आफ्नो समुदाय तथा दैनिक जीवनमा प्रयोग गर्न सहभागीलाई आग्रह गर्नुभयो।
तालिमका सहजीकरण गर्दै संस्थाका पूर्वअध्यक्ष गुणनिधि भुसालले युवा तथा महिलामा सकारात्मक सोच, नेतृत्व क्षमता र संगठित प्रयासको विकास हुन सके समुदाय थप सुदृढ बन्ने बताउनुभयो।
त्यस्तै, तालिममा सुशासन विज्ञ प्रकाश दाहालले पछाडि पारिएका समुदायकाे अधिकार र अवसरको खोजी गर्दै युवा तथा महिलालाई सक्षम बनाउन आवश्यक रहेको बताउनुभयो। सिइसिआईकी प्रतिनिधी बिन्दु शर्माले युवा तथा महिलालाई अगाडि बढाउन सबै पक्षको सहयोग र भूमिका आवश्यक रहेकोमा जोड दिनुभयो।तालिमका अवसरमा शर्माले विभिन्न राम्रा अभ्यास र अनुभव शेयर गर्नुभएकाे थियाे ।

युवा क्लबकी मल्लिका यादवको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा जगवन्ती थरुनी, सोविता कुँवर, अनुज मिश्रालगायत सहभागीले तालिमले आफूहरूको आत्मविश्वास बढाउनुका साथै विभिन्न विषयमा रहेको डर र हिचकिचाहट हटाउन सहयोग गरेको अनुभव सुनाउनुभयो। उनीहरूले तालिमलाई व्यक्तिगत तथा संस्थागत विकासका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको बताएका थिए। तालिममा २५ जनाको सहभागिता रहेको थियो।








प्रतिक्रिया