मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ३ बालविवाह मुक्त वडा घोषणा भएको छ । साविक दुबिया गाविस रहेको वडा नं. ३ लाई एक समारोहका बीच बाल विबाह मुक्त वडा घोषणा गरिएको हो ।
लामो प्रयास पछि बालविवाहका लागि चाहिने सुचकहरु पुरा गरी वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा २ का सांसद बृजेश कुमार गुप्ता, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या, वडाबासी, विभिन्न संघसंस्था, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
१७ मंसिर २०७५ सोमबार ००:००
0
Shares






प्रतिक्रिया