८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

‘भूपि पुरस्कार’ सुधा त्रिपाठीलाई



बागलुङ ।
धवलागिरि साहित्य प्रतिष्ठान बागलुङमा स्थापित ‘भूपि पुरस्कार’ साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीलाई प्रदान गरिने भएको छ।
२०७३ सालमा स्थापित उक्त पुरस्कार पहिलोपटक त्रिपाठीको अनुसन्धानमूलक कृति ‘भूपिका कवितामा व्यङ्ग्यालङ्कार–चेतना’ का लागि प्रदान गर्न लागिएको हो।
रु १५ हजार राशिको सो पुरस्कार आउँदो पुस १० गते ८४औँ भूपि जयन्तीका अवसरमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।
त्रिपाठीका निबन्ध सङ्ग्रह ‘बादल, धर्ती र आस्था’, ‘जीवनसूत्र र स्वप्नाभास’ लगायतका साहित्यिक तथा अनुसन्धानमूलक कृति प्रकाशित छन्। उनको विसं २०५३ मा ‘अनिवार्य नेपाली व्याकरण र रचना’समेत प्रकाशित भएको थियो।

भूपिका रचनामाथि समालोचनात्मक ढङ्गले लेखिएको कृति भएका कारण त्रिपाठीलाई पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो।

स्रष्टा र साहित्यिक संस्थालाई गरी बर्सेनि आलोपालो गरेर पुरस्कार दिइनेछ। साहित्यिक संस्थालाई अक्षयकोषमा रकम राख्ने गरी पुरस्कार दिइने प्रतिष्ठानले जनाएको छ।रासस

प्रकाशित मिति : २७ मंसिर २०७५ बिहिबार ००:००  ८ : ५३ बजे