२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

२० बुदें माग राख्दै हिस्टुनले किन बुझायो ज्ञापनपत्र ?



दीपा महत, कपिलवस्तु ।
उच्च माध्यमिक विद्यालयको छाता संगठन हिस्टुन कपिलवस्तुले आफुना २० बुदें माग राख्दै जिल्ला शिक्षा समन्वय इकाई प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।
शिक्षा सेवा आयोगलाई संबैधानिक अंगको रुपमा विकास गर्नुपर्ने, माध्यमिक तहको विद्यालयलाई प्रादेशिक तहको मातहातमा राख्नु पर्ने लगायतका माग राख्दै हिस्टुनले जिल्ला शिक्षा समन्वय इकाई प्रमुख बाबुराम भट्राईलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै इकाइका प्रमुख भट्राईले शिक्षकहरुले राखेको माग सम्बन्धित ठाउँमा पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।
ज्ञापनपत्र बुझाए संगै प्लस टु तहमा अध्यापनरत शिक्षकहरुको भेला तौलेश्वरनाथ संस्कृत मावि तौलिहवामा बसेको थियो । भेलाले यही माग ४ गते हुन गइरहेको प्रदेश स्तरिय भेला र १२ र १३ गते केन्द्रमा हुन गैरहेको राष्ट्रिय भेलामा कपिलवस्तु जिल्लाबाट हुने रणनिती तथा सहभागिताका बारेमा ब्यापक छलफल गरेको छ ।
भेलामा हिस्टुन कपिलवस्तुको आगामी योजना बारे प्रमुख अतिथी डिबि रेश्मी, अध्यक्षद्धय थानेश्वर खनाल, बलदेव लामिछाने र उपाध्यक्ष घनश्याम गैरेले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन हिस्टुन कपिलवस्तुका सचिव चुरामणि पौडेलले गर्नुभएको हो ।

प्रकाशित मिति : २६ पुस २०७५ बिहिबार ००:००  २ : ०७ बजे