२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

सुनको भाउ बढ्यो



काठमाण्डौ ।

हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आइतबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ६१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  गएको शुक्रबार तोलामा ३ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार भने ६ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी पनि आइतबार तोलामा १० रुपैयाँ बढेर ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७५ आइतबार ००:००  ८ : ११ बजे