२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

अमेरिकी पप गायक जस्टिन बिबर डिप्रेशनको उपचार गराउँदै



एजेन्सी ।
अमेरिकी पप गायक जस्टिन बिबर अहिले डिप्रेशनको उपचार गराइरहेका छन्।
जस्टिनका नजिकका सुत्रले बताएअनुसार जस्टिनले एउटा सानो बालकको रुपमा आफ्नो करियर सुरु गरेका थिए, उनी सबैसँग राम्रो व्यवहार गर्थे। तर उनको त्यो बेलाको फेम अहिले सम्पूर्ण रुपमा फेरिइसकेको छ।
जस्टिनले पिंक भिलाका लागि दिएको अन्तर्वार्तामा नयाँ सम्बन्ध अनि मानसिक स्वास्थ्यको विषयमा खुलेर कुरा गरेका छन्। जस्टिनले कम उमेरमा प्राप्त गरेको फेम अनि त्यसले आफूलाई पारेको प्रभावको बारेमा पनि कुरा गरेका छन्।
‘१३ वर्षको उमेरमा मैले सफलता प्राप्त गरे। त्यसैले मलाई आफूले आफैलाई चिन्ने अवसर पाइन्। संगीतमा व्यस्त थिए, त्यसैले म को हुँ, के चाहन्छु जस्ता प्रश्नको जवाफ खोज्न मलाई समय नै भएन।’
१४ शो क्यान्सिल गरेका थिए
जस्टिनले सन् २०१७ मा भएको आफ्नो टूर ‘परपस’ को बारेमा पनि कुरा गरिन्। उनले ४० देशमा एक सय ५० भन्दा धेरै प्रस्तुती दिए पछाडि अन्तिमको १४ ओटा शो क्यान्सिल गरेका थिए।
उनले भने, ‘म टूरको समयमा डिप्रेशनमा आउँथे, मैले यो बारेमा अहिलेसम्म कुरा गरेको छैन। त्यो समय म एकदमै एक्लो महशुस गरिहेको थिए र मलाई थोरै समय चाहिएको थियो।’

जस्टिनले बताए, ‘हामी दुई मध्येमा भावनात्मक आधारमा म अलि अस्थिर छु, मलाई शान्तिको लागि अलि धेरै संघर्ष गर्नुपर्छ। मलाई यस्तो लाग्छ की म धेरै चिन्ता गर्छु र चाहन्छु कि सबै राम्रो होस् र मलाई सबैले मलाई मनपराउन। तर ह्याली धेरै नै समझदार छिन्।’
विवाह कारण होइन
जस्टिनको यो स्थितीको कारण उनको विवाह नभएको उनी निकट स्रोतले जनाएको छ। ‘उनको निराशाको समस्या अनि विवाहलाई जोडेर हेर्न मिल्दैन। हेलीसँग विवाह गरेर जस्टिन एकदमै खुशी छन्।
जस्टिनका अगाडि पछाडि सहयोग गर्ने धेरै मानिसहरु छन् र उनी चाँडै नै ठीक भए।’
जस्टिन बिबर र हेली बाल्डविनले सेप्टेम्बर २०१८ मा विवाह गरेका थिए। उनीहरु चाँडै नै आफ्नो साथी र परिवारको लागि वैवाहिक समारोह गर्दैछन्।

प्रकाशित मिति : ९ फाल्गुन २०७५ बिहिबार ००:००  ५ : ४८ बजे