मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको इमिलियामा दोश्रो बुद्धभूमि महोत्सव जारी छ । महोत्सव आइतबार समापन हुँदै छ भने शनिबार सबैभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन । आयोजकका अनुसार शनिबार १० हजार दर्शकले महोत्सवको अवलोकन गरेका हुन ।
कृषि व्यापारिक, साँस्कृतिक, पर्यटन तथा आद्यौगिक प्रदर्शनीको नबौैं दिन सबैभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकले दाबी गरेको छ । साथै महोत्सवमा ६० लाखको कारोबार भएको आयोजकको दाबी छ ।
महोत्सवमा दोस्रो डान्सिङ स्टार सञ्चालन भैरहेको छ । जस अन्तर्रगत आइतबार ५ जना प्रतिस्पर्धी बीच उपाधि भिडन्त हुने छ । जसमा आर्जित थापा, सन्दिप थारु, मनिष सुनार, डान्सर क्विन र पार्वती खनाल रहेकी छिन । उनीहरु आइतबार उपाधिको लागि भिड्ने आइडल संयोजक कमल राज पाण्डेले जानकारी दिनुभयो ।
डान्स आइडलको प्रथम पुरस्कार ५० हजार, द्धितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रहेको महोत्सव मुल आयोजक समितिका संयोजक अनिल अधिकारीले जानकारी दिनुभयो ।
शनिबार राष्ट्रिय चर्चित कलाकार सरस्वती लामा, माईला बा, वसन्त लम्साल, इन्दिरा गैरेले दर्शकहरूलाई छमछमि नचाउँदै मनोरन्जन प्रदान गरेका थिए । आइतबार भोजपुरी तर्फ श्रीनिवास चौधरी, मिशन भुषाल लगायतको प्रस्तुति रहने साँस्कृतिक संयोजक बिकास आचार्यले जानकारी दिनुभयो ।

तस्बीर – मदन लम्सालबाट






प्रतिक्रिया