७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

शुुद्धोदन उच्च माविद्धारा नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान



बाबुराम रायमाझी, भलवाड, ६ भाद्र ।
शुद्धोदन उच्च मावि जिनुवाको आयोजनामा हालै सम्पन्न स्थानिय तह निर्वाचनमा नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ । छात्राहरुलाइ अतिरिक्त क्रियाकलापको अन्तर सदानात्मक कार्यक्रम अनुसार हिन्दुहरुको महान चाड हरीतालिका तीजको अवशरमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
सरीता खासु मगरको समूह प्रथम, अनिता खासु मगरको समूह द्धितिय, सुजाता कार्कीको समूह तृतिय र हुमकला रोका मगर र इन्दिरा गुरुंगको समूहले सान्त्वना स्थान पाप्त गरेका थिए ।
विजेता टीमलाई कार्यक्रमका प्रमुख अतिथि,विशिष्ट अतिथि,अतिथिले टीका लगाई शैक्षिक सामग्री प्रदान गर्नु भएको थियो । कार्यक्रममा पत्रकार बाबुराम रायमाझी र समाजसेवी तथा विधालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कुमार मधु वेल्वासेले नृत्यमा उत्कृष्ट टीमलाई नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।
कार्यक्रम शुुद्धोदन उच्च माविका प्राचार्य अफाक अहमद खाँको अध्यक्षता समाजसेवी तथा विधालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कुमार मधु वेल्वासेको प्रमुख आतिथ्यता वडा न.९का वडाध्यक्ष ध्रुव वेल्वासेको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा शिक्षिका विमला भट्टराईको स्वागत र रामप्यारी पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ६ भदौ २०७४ मंगलबार ००:००  ११ : ५० बजे