१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

शिवकुमारीको प्रश्न: भट्टीमा धाउने मेयरको गाडीलाई पत्रकारले किन देख्दैनन्? (अडियो)



मायादेवी अनलाइन, वाणगंगा ।
शिवराज नगरपालिकाकी नगर उप-प्रमुख शिवकुमारी थारुले आफुसंग जोडिएको सरकारी गाडी दुरुपयोगको विषयमा कडा प्रतिक्रिया दिनुभएको छ । रेडियो मायादेवीको नियमित कार्यक्रम जनप्रतिनिधि संग कुराकानी गर्दै नगर उप-प्रमुख थारुले बाध्यतावश आफुले गाडीको प्रयोग गरेको प्रष्टिकरण दिनुभयो ।
देशकै कान्छि उप-प्रमुखको रुपमा परिचित थारुले स्नातक तेस्रो बर्षको परिक्षा दिँदै हुनुहुन्छ । गाडी दुरुपयोगबारे रेडियो अन्र्तवार्ता दिदै थारुले भन्नुभयो, ‘मैले सरकारी गाडीको दुरुपयोग गर्न खोजेको होइन, विहान ७ बजे देखि मेरो परिक्षा छ, परिक्षा सकेर १० बजे अफिस आउनु पर्यो जनताका कामहरु थुप्रै छन्, म न्यायिक समितिको संयोजक हुँ, दिनका दिन न्यायिक समितिमा मुद्धाहरु आउँछन्, नागरिकले छिटो छरिटो न्याय पाएनन् भने झन बढी गुनासो गर्छन्, उनीहरुको समस्या मैले हेर्नुपर्ने हुन्छ, त्यसैले कामलाई छिटो छरिटो बनाउन नगरपालिकाको गाडीमा आउने जाने गरेकी हुँ ।’
‘मैले सरकारी गाडीको दुरुपयोग गर्ने नै थिए भने अरु समय पनि त गर्ने थिए ? शिवराज नगरपालिकाबाट तौलिहवा परिक्षा दिनुपर्छ, गोरुसिंगेदेखि तौलिहवा जान गाडी पाइदैन्, यस्तो अप्ठ्यारो हुँदा जनताको समस्या बुझेर नगरको गाडी प्रयोग गरेको हुँ । यदि मैले परिक्षा दिदा सरकारी गाडीको दुरुपयोग गरेको छु भने कपिलवस्तु नगरपालिकाको सरकारी गाडी दुरुपयोग भएको छ कि छैन् ? त्यहाँका पत्रकारले जुन मेरो कुरा उठाए नि ? त्यहाँको विषयलाई पनि हेर्नु पर्ने हो कि होइन् ? दिनका दिन कपिलवस्तु नगरपालिकाको सरकारी गाडी आफ्ना परिवारका बच्चाबच्ची बोकेर हिड्छ । यतिमात्र होइन्, दिनका दिन भट्टीमा जान्छ त्यो गाडी । त्यो विषयको न्यूज कुन पत्रकारले उठाईदिने ? जुन पत्रकारले मेरो न्यूज उठायो त्यो पत्रकार त्यहि नगरपालिकाको प्रेस संयोजकको रुपमा रहेको छ । शिवकुमारीले आरोप लगाउनुभयो ।
आफुले परिक्षा दिने समयभर प्रशासन कार्यालयमा गाडी राख्ने गरेको पनि उहाले बताउनुभयो । परिक्षा सकिसके पछि आफुलाई गाडी लिन आउने उहाँले बताउनुभयो । गाडीमा बसेको तस्बीर पत्रकारले अनुमती बिना खिचेको प्रति पनि थारुले आक्रोस छ । ‘मलाई नसोधि फोटो खिचियो, वास्तवमा भन्ने हो भने अहिले पत्रकारको कानुन बन्दै छ अरुलाई कानुन सिकाउन खोज्ने पत्रकारले अनूमति विना फोटो खिच्न पाइन्छ ? किन अनुमति विना फोटो खिचियो आक्रोसित हुँदै उहाँले प्रश्न गर्नुभयो ।
सबैले पढ्नुपर्छ भनेर आफुले परिक्षा दिन आएको उहाँले प्रष्टाउनुभयो । दुईदिन मात्र आफुले सरकारी गाडी प्रयोग गर्ने बताउनुभयो ।
अरु अडियो सुन्नुहोस

https://www.facebook.com/487334475011888/videos/377639196194669/UzpfSTQ4NzMzNDQ3NTAxMTg4ODo2Mzg0NDIzMjY1Njc3Njg/

प्रकाशित मिति : २० जेष्ठ २०७६ सोमबार ००:००  ८ : ४३ बजे