८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

रेडियो मायादेवीकर्मी घिमिरे ’दया फाउण्डेसन अवार्ड‘ २०७६ बाट सम्मानित



मायादेवी अनलाइन, कपिलवस्तु ।
रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जका कार्यक्रम प्रस्तोता मधुसुदन घिमिरे काठमाण्डौँमा सम्मानित हुनु भएको छ । ब्लाइण्ड रक्स फाउण्डेसनले राजधानीमा एक कार्यक्रमको आयोजना गरि मायादेवीको रात्रिकालिन साहित्यिक कार्यक्रम मुक्तक बिम्बका घिमिरेलाई विलक्षण प्रतिभाको धनी भएको भन्दै दया फाउण्डेसन अवार्ड २०७६ बाट नगद रु १० हजार सहित सम्मान गरेको हो ।

नेपाली शिक्षा कलासंग आवद्ध मिडिक्रियाशिल रहेर तथा आइ डि अभियान्ता, एप्स अनुबादक, नेपालमा प्रथम ब्लाइण्ड युटुभर बन्न सफल भएकोमा उहाँको फरक क्षमताको सम्मान गर्दै यो अपार्ड प्रदान गरिएको फाउण्डेसनकी अध्यक्ष सृष्टि केसीले जानकारी दिनुभयो ।

घिमिरेलाई प्रमुख अतिथि आनी छोइङ शेर्पाले सम्मानित गर्नुभएको थियो । घिमिरे केही समयअघि भारत र भियतनाममा भएको ग्लोबल आइटी प्रतिस्पर्धामा सम्मानित भएर बिभिन्न पदक जित्न सफल हुनुभएको थियो । अवार्ड ग्रहणपछि घिमिरेले अझ धेरै काम गर्न बाँकी रहेको बताउँदै खुसी ब्यक्त गर्नुभयो । बास्तविक मानव उपनामले चर्चित घिमिरेको कार्यक्रम मुक्तक बिम्ब रेडियो मायादेवीबाट हरेक हप्ताको विहिबार राति बिबिसी नेपाली सेवापछि सुन्न सकिन्छ ।

काठमाण्डौँको गोल्डेन गेट कलेजबाट मानविकी शंकायबाट कक्षा १२ को परिक्षा दिएर बस्नु भएका मानवले साहित्यमा मुक्तक बिधामा विशेष रुपले कलम चलाउनु हुन्छ भने लघु कथा, उपनयास र कथा लेखनमा पनि राम्रो दख्खल छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६ मंगलबार ००:००  १० : २४ बजे