२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

अयोग्य शिक्षकलाई घर पठाउन आठ अर्ब बाँढिँदै



काठमाडौं ।
आन्तरिक परीक्षामा अनुत्तीर्ण अयोग्य शिक्षकलाई सेवाबापत आठ अर्ब रुपैयाँ दिनुपर्ने भएको छ। बिदा हुने शिक्षकको व्यवस्थापनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय जुटेको छ। विद्यालय शिक्षक किताबखानामार्फत अस्थायी शिक्षकलाई दिनुपर्ने रकम शिक्षा विकास तथा समन्वय इकाइमा पठाइनेछ। किताबखानाका प्रवक्ता रवीन्द्र बुढाप्रितीका अनुसार एक साताभित्र उक्त रकम सबै जिल्लामा पठाइने समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जिल्लाबाट आएको शिक्षकको विवरण निर्क्यौल गरी किताबखानाले रकम निकासाका लागि पठाउने गर्छ।

प्रकाशित मिति : १ असार २०७६ आइतबार ००:००  ६ : ४१ बजे